थप ४४ लाख डोज खोप आउदै

Byपहिलो सुचना

२०७८ आश्विन १, शुक्रबार १०:२० २०७८ आश्विन १, शुक्रबार १०:२० २०७८ आश्विन १, शुक्रबार १०:२०

असोज १, काठमाडौं । सरकारले खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज दिउँसो २ बजे आउँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप आज काठमाडौं आइपुग्नेछ । खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको वाइडबडी जहाज बिहीवार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो । खरिद गरिएको १६ लाख मात्रा खोप भित्रिसकेको छ ।

हालसम्म कोभिशिल्डको २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सनको १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook