असोज २, काठमाडौं । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिएका छन । उनको अनुसार काठमाडौँमा ११ लाख ३७ हजार १६८ जनाले पहिलो मात्रा र ९ लाख ३३ हजार ३६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
यस्तै भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेको लालले बताए ।
भक्तपुरमा एक लाख ५४ हजार ८३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुरमा दुई लाख ६३ हजार ८९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार ३७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन्। स्रोत: रासस

