लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

Byपहिलो सुचना

२०७८ भाद्र २९, मंगलवार १४:१९ २०७८ भाद्र २९, मंगलवार १४:१९ २०७८ भाद्र २९, मंगलवार १४:१९

भाद्र २९, लमजुङ । लमजुङमा पाँच वर्षको अन्तरालमा १३१ बालबालिका हराएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा ९५ बालिका र ३६ बालक हराएका हुन् ।

हराएका बालबालिका मध्ये २८ बालक र ६५ बालिका भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएकामध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।

गत एक वर्षकाे अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook