थप १,४८६ जनामा कोरोना संक्रमण पुष्टि

Byपहिलो सुचना

२०७८ भाद्र २८, सोमबार १६:२९ २०७८ भाद्र २८, सोमबार १६:२९ २०७८ भाद्र २८, सोमबार १६:२९

भाद्र २८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा पीसीआर विधिबाट कुल १ हजार १४९ जना र एन्टीजेन परिक्षण विधिबाट ३३७ जना गरि कुल १ हजार ४८६ जना संक्रमित थपिएको हो ।

सो अवधिमा १ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने प्रतिशत ९५ दशमलव २ रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook