सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

Byपहिलो सुचना

२०७८ भाद्र २८, सोमबार १५:०२ २०७८ भाद्र २८, सोमबार १५:०२ २०७८ भाद्र २८, सोमबार १५:०२

भाद्र २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् । एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook