बडादशैंका लागि नयाँनोट असोज ४ गतेदेखि वितरण गर्ने

Byपहिलो सुचना

२०७८ भाद्र २८, सोमबार १३:५१ २०७८ भाद्र २८, सोमबार १३:५१ २०७८ भाद्र २८, सोमबार १३:५१

भाद्र २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको बडादशैंका लागि असोज चार गतेदेखि नयाँनोट वितरण गर्ने भएको छ । 

केन्द्रीय बैंकका अनुसार बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँनोट वितरण हुनेछ ।

यो वर्ष क, ख तथा ग वर्गका बैंक तथा वित्त कम्पनीहरुले नयाँ नोट लगिसकेका राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बताइन्। कोरोना महामारीका कारण गत वर्ष राष्ट्र बैंकले नयाँनोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँनोट वितरण गर्न लागिएको राष्ट्र बैंकलेले बताएको छ । 

कोभिड स्वास्थ्य मापदण्ड अपनाएर नयाँनोट वितरण गर्न राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

कार्यकारी निर्देशक नेपालका अनुसार यो वर्ष प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँनोट वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook