सिन्धुपालचोकको गंजेखोलाबाट १६२० थान भेपसहित ७ जना पक्राउ

Byपहिलो सुचना

२०८३ जेष्ठ २, शनिबार ०९:३८ २०८३ जेष्ठ २, शनिबार ०९:३८ २०८३ जेष्ठ २, शनिबार ०९:३८
Arrest

जेठ २, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् ।

जेठ १ गते राति ९:३०  बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चीनबाट भोटेकिशी-३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो निक्लिने भित्रिबाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ९ वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिए ।

राईका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी-४ का वर्ष ३५ का गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकास बि.क, वर्ष ४८ का रामबहादुर बि.क, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका-५ का वर्ष ४२ को कान्छा तामाङ  छन् ।

उनीहरूलाई इलाका प्रहरी काकार्यालय कोदारीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनायता यात्रु शाखाबाट कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन ।

तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प छ ।

बिहान सबेरै चिनियाँ बजार झामु पुगेर बेलुका झोलाभरि सामान लिएर फर्किने स्थानीयको चहलपहल सरकारी नियम लागू भएसँगै रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook