वैशाख ८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गरेका छन सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो ।
२०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।
प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।
यी विद्यार्थीका लागि के गर्ने भनेर सरकारले सोच्नुपर्ने बताउँछन्, प्राध्यापक कोइराला । ‘अनुत्तीर्ण भएका विद्यार्थीलाई के गर्ने ? उनीहरूलाई गरीखाने कसरी बनाउने त्यसमा सोच्नुपर्छ,’ उनले भने ।
बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ ।
नतिजामा चित्त नबुझेमा पुनर्योेगको लागि पनि बोर्डले समय दिएको छ । १ जेठदेखि ७ गतेसम्मको लागि पुनर्योेगको सयम दिइएको छ । कसैको त्रुटि भएमा सच्याउने बोर्डले जनाएको छ ।
सोमबार सार्वजनिक नतिजामा सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएको छैन । ‘आज नभ्याएर सार्वजनिक नगरिएको हो । भोलि गर्छौैं,’ नियन्त्रक अधिकारीले भने । ४ जीपीए ल्याउनेको संख्या पनि बोर्डले सार्वजनिक गरेको छैन ।
