इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

Byपहिलो सुचना

२०८२ फाल्गुन १७, आईतवार ०१:२३ २०८२ फाल्गुन १७, आईतवार ०१:२३ २०८२ फाल्गुन १७, आईतवार ०१:२३

१६, फागुन   काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।

यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।

इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।

इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

तेहरानको केन्द्रमा  विस्फोट र नागरिक त्रास

स्थानीय समय अनुसार शनिबार बिहानै तेहरानको आकाशमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिए। इरानको सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार, तेहरानको जम्हुरी क्षेत्र र युनिभेर्सिटी स्ट्रीटहरूमा धेरै क्षेप्यास्त्रहरू खसेका छन्।

यो क्षेत्र इरानको राजनीतिक शक्तिको केन्द्र मानिन्छ, जहाँ सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय समेत रहेको छ।

विस्फोटको तीव्रता यति भयानक थियो कि तेहरानका उत्तरी र मध्य भागका घरहरू हल्लिएका थिए। सहरका धेरै भागहरूमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।

तेहरानको मेहराबाद विमानस्थल नजिकै पनि आक्रमण भएको खबर छ, जसका कारण इरानले आफ्नो सम्पूर्ण हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ।

इजरायलको आधिकारिक घोषणा र संकटकाल

आक्रमण सुरु भएलगत्तै इजरायली रक्षामन्त्री इजरायल काट्जले तेल अभिभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै यो कदम इजरायलको सुरक्षाका लागि अनिवार्य रहेको बताए। उनले भने, “इजरायलले इरानबाट आउन सक्ने तत्कालीन र अस्तित्ववादी खतरालाई निर्मूल पार्न यो ‘प्रि-एम्प्टिभ’ प्रहार गरेको हो। हामी हाम्रा नागरिकको रक्षाका लागि कुनै पनि हदसम्म जान तयार छौँ ।”

यससँगै इजरायलभरि ‘राष्ट्रिय संकटकाल’ घोषणा गरिएको छ। नागरिकहरूलाई सुरक्षित बंकरमा रहन र विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द गर्न निर्देशन दिइएको छ।

इजरायली सेनाले सम्भावित इरानी जवाफी हमलाको सामना गर्न आफ्नो ‘आइरन डोम’ र नयाँ ‘आइरन बिम’ (लेजर आधारित सुरक्षा प्रणाली) लाई उच्च सतर्कतामा राखेको थियो ।

संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष संलग्नता

यस पटकको आक्रमणमा अमेरिकाको भूमिका केवल सहयोगीमा मात्र सीमित छैन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार, अमेरिकी वायुसेना र नौसेनाले यस अपरेसनमा सक्रिय सहभागिता जनाएका छन्।

क्रबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्ने विषयमा हालसम्म कुनै “अन्तिम निर्णय” नभए पनि वार्ताको वर्तमान अवस्थाप्रति आफू खुसी नभएको अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानलाई आफ्नो आणविक हतियार निर्माण प्रक्रिया रोक्न दिएको अन्तिम चेतावनीको समयसीमा सकिएलगत्तै यो आक्रमण सुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook