माघ ६, काठमांडौ । अमेरिकाको क्यालिफोर्नियामा रहेको तामाङ कोअपरेशन सोसाईटि अफ क्यालिफोर्नियाले मञ्जुश्री सम्वत् २८६२ ता ल्हो राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुको तयारी पुरा भएको जनाएको छ । आईतबार तामाङ सामुदायिक केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा सस्थका अध्यक्ष सुरज पाख्रिनले विभन्न कार्यक्रमहरुको तयारी पुरा भएको बताएका छन । सस्थाले विदेशमा पनि नेपालीहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारलाई धुमधामले घरघर र नेपाली समुदायमा मनउने तयारी तिब्र पारिरहेको संस्थाका पुर्व अध्यक्ष कुमार दोङले जानकारी दिएका छन । संस्थाले चरणबद्ध रुपमा ल्होछारको दिन जनवरी १८ मा क्यालिफोर्नियाको एलसोभरान्तेमा रहेको तामाङ सामुदायिक केन्द्र मा दाज्र्यु फेर्ने र शुभकामना आदनप्रदान गर्ने १९ तारिखमा यो क्षेत्रमा रहेका तामाङहरुको घरघरमा दज्र्यु फेर्ने, पुजा गर्ने लगायतको कार्यक्रम आयोजना गर्ने जनवरी २४ शनिवार क्याफिोर्नियाको रिचमण्ड सिटिहलमा “ल्होछार रिमठिम साँझ–२०२६ ” कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
सो कार्यक्रममा तामाङ जातिको साँस्कृतिक धरोहरहरु ताम्बा, बोन्बो तथा लामाको विषेश साँस्कृतिक झाकी प्रर्दशन, परम्परागत गीत, नृत्यहरुको साथमा नेपाली हरुको मन मुटुमा बस्न सफल मंगोलिन हार्टका गायक राजु लामाको विशेष साँगितिक प्रस्तुति रहने , कार्यक्रममा तामाङ समुदायको विशेष खानाको परिकारहरु , तामाङ भेषभुषहरु तथा तामाङ समुदायको पहिचान झल्किने परम्परागत वस्तुहरुको प्रर्दशनी हुने सस्थाको अध्याक्ष पाख्रिनले बताए ।
सस्थको तर्फबाट सम्पुर्ण तयारी पुरा भएको र वे यरियामा रहेका सम्पुर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भै तामाङ समुदायलाई बुझन र राजु लामा सँगको सँगितिक कार्यक्रमा भरपुर मनोरञ्जन लिन सस्थाले आग्रह गरेका छन् ।

