पुष ५, अमेरिका । नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरको अधिवेशनमा ६९१ सदस्यको सदस्य फारम दर्ता नै नगरि अधिवेसन सम्पन्न गरेको छ । आजको अधिवेशनमा सहभागि हुने भनेर उनिहरुले प्रति सदस्य ३० डलर शुल्का समेत तिरेर फारम भरेको थियो तर सस्थापन पक्ष र सस्थापन ईतर पक्षको विवादका कारण उनिहरु आजाको अधिवेशनमा सहभागि हुन पाएनन् ।
जनसम्पर्क समितिको निर्वाचन आयोगले डिसेम्बर १५ तारिखको म्याद राखेर सदस्यता वितरण गरिएको थियो जसमा सस्थापन समुहले भरेको १०५० फारम र सस्थापन ईतर समुहले भरेर ल्याएको ६९१ सदस्यको फारम मध्ये सस्थापन पक्षको १०५० सदस्यता फारम मात्रा दर्ता भएको देखिन्छ भने ईतर पक्षले भरेको ६९१ सदस्यता फारमलाई वेवास्ता गर्दै शनिवार अधिवेशन सम्पन्न गरेको छ । अन्तिम दिन सदस्यता वितरणमा फर्जि र प्रकृया पुरा नगरि फारम संकलन गरेको भनि एक समुहले अर्काे समुहलाई आरोप प्रत्यारोप लगाएपछि सुरु भएको विवादको कारण एक पक्षले फारम दर्ता नगरि बसेको थियो । फारम दर्ता प्रकृयामा असन्तुष्ठ सस्थापन ईतर समुहले विहिवार पत्रकार सम्मेलन गरि विरोध गरिएको भए पनि अन्तमा उनिहरुले समेत दर्ता नभएको सदस्यता फारमलाई वास्त नगरी अधिवेशनमा सहभागि भएका छन् । उनिहरुले दिएको विवरण अनुसार ६९१ जना सदस्यको फाराम निर्वाचन आयोगमा दर्ता भएको थिएन । सदस्यता फारम भर्दा हरेक सदस्यबाट ३० डलरको दरले सदस्यता शुल्का बुझाएको र अव उनिहरुको फारम दर्ता नभएको अवस्थामा उनिहरुले भरेको फारम र सदस्य शुल्का के हुने भन्ने अन्योलमा उनिहरु परेका छन । उसो त गत भदौको जेन्जी आन्दोलनले तहसनहस बनाएको नेपाली कांग्रेस अहिले यसरी देखिएको महाधिवेसन विवादले काँह पुर्यउछ हेर्न बाँकी छ ।
दुवै पक्षको सबै सदस्यता फारम दर्ता भएमा करिब २ हजारको हारहारीमा सदस्य पुग्ने अनुमान गरिए पनि निर्वाचन आयोगले सदस्यता विवरणमा ११५६ जना सदस्यको अन्तिम नामवली प्रकाशन गरिएको छ ।
निर्वाचन आयोगले आजै १५ जना पदआधिकारीको कार्यसमिति निर्विरोध चयन गरिएको छ । जसमा अध्यक्षमा हरि भट्ट, वरिष्ठ उपाअध्यक्षमा विनोद पुन, सचिवमा धुव्रराज दाहाल , कोष अध्यक्षमा सावित्री न्यौपाने सहित ९ जना सदस्य छन ।

