छोडिन् सुमनाले रास्वपा

Byपहिलो सुचना

२०८२ भाद्र २९, आईतवार १३:०३ २०८२ भाद्र २९, आईतवार १३:०३ २०८२ भाद्र २९, आईतवार १३:०३

भदौ २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् , ‘कहिलै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने,’ उनले भनेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको आरोप समेत लगाएकी छन्। आफूले त्यति बेलादेखि नै आलोचना गर्दै आएको तर त्यसले कत्ति पनि फरक नपारेको भनाइ राखिन्।

सुमनाले भनिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्र्याल हुन थाल्यो। यो स्वीकार्य छैन।’  

यसअघि उनले फेसबुक लाइभमा आएर प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook