प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

Byपहिलो सुचना

२०८२ भाद्र २७, शुक्रबार २१:५५ २०८२ भाद्र २७, शुक्रबार २१:५५ २०८२ भाद्र २७, शुक्रबार २१:५५

भदौ २७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्र नियुक्ति गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । यस धारामा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

योसगँ कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook