राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने समझदारी

Byपहिलो सुचना

२०८२ भाद्र २७, शुक्रबार ०५:२७ २०८२ भाद्र २७, शुक्रबार ०५:२७ २०८२ भाद्र २७, शुक्रबार ०५:२७

भदौ २७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको बताइएको छ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्।

उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे।

संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा डाकेका थिए।

संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए। तर राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए।

यद्यपि संसद विघटन गर्नुपर्ने जेनजीहरुको मागमा भने राष्ट्रपतिले लिने निर्णयका विषयमा स्पष्ट भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook