नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

Byपहिलो सुचना

२०८२ भाद्र २६, बिहीबार १७:०२ २०८२ भाद्र २६, बिहीबार १७:०२ २०८२ भाद्र २६, बिहीबार १७:०२

भदौ २६, काठमाडौँ । नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।

उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्।

पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।

‘नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने।

पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook