नेजाले गरे जेन-जी आन्दोलनमा भएको दमनको निन्दा

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार ०७:०९ २०८२ भाद्र २४, मंगलवार ०७:०९ २०८२ भाद्र २४, मंगलवार ०७:०९

भदौ २४, क्यालिफोर्निया । नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा नेपालमा जेन–जी पुस्ताको समुहले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति निन्दा र भत्र्सना गरेको छ । 

आज नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव ईश्वरी न्यौपानेद्वारा जारी गरिएको प्रेस बिज्ञपप्तिमा युवाहरुको मृत्यूप्रति श्रद्धान्जली प्रकट गर्दै घाइतेहरुप्रति सिघ्र स्वास्थ्य लाभको कामनाको साथै भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको गोलीबाट चार पत्रकार घाईते तथा थाहा खबरको कार्यालयमा  तोडफोड हुनु निन्दनीय भएको बताईएको छ ।

सोमबार काठमाडौं सहित देशभर जेन-जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्द २० जना प्रदर्शनकारीको मृत्यु भएको छ भने करिब २६० भन्दा बढि घाइते भएका छन । घाइते मध्ये केहिको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासन हरुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook