काठमाडौंमा बाढीका कारण ३८२ घर डुबानमा

Byपहिलो सुचना

२०७८ भाद्र २१, सोमबार ११:०८ २०७८ भाद्र २१, सोमबार ११:०८ २०७८ भाद्र २१, सोमबार ११:०८

भाद्र २१, काठमाडौं । आइतवार रातिदेखि परेको वर्षाका कारण काठमाडौंमा आएको बाढीले ३८२ घर डुबानमा परेका छन् भने १३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

रातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook