भाद्र १८, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्।
पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

