डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भएकोले सतर्कता अपनाउन आग्रह

Byपहिलो सुचना

२०८२ बैशाख २६, शुक्रबार १७:५३ २०८२ बैशाख २६, शुक्रबार १७:५३ २०८२ बैशाख २६, शुक्रबार १७:५३

वैशाख २६, काठमाडौँ । पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगी संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरे ।

‘पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ। यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिनसम्म डेंगी संक्रमण हुने खतरा रहेको छ,’ उनले भने ।

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगी रोग लाग्ने गर्छ ।

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेंगी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook