वैशाख २३, काठमाडौँ । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो । उनी ७१ वर्षका थिए ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनी केही दिनदेखि अस्पताल भर्ना भए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए ।
