आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Byपहिलो सुचना

२०८२ बैशाख २३, मंगलवार ०७:४६ २०८२ बैशाख २३, मंगलवार ०७:४६ २०८२ बैशाख २३, मंगलवार ०७:४६

वैशाख २३, काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पहाडी क्षेत्रका केही ठाउँ र बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, महाशाखाले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook