पाल्पा–बुटवल सडक बन्द हुने

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १९:५२ २०७८ भाद्र १७, बिहीबार १९:५२ २०७८ भाद्र १७, बिहीबार १९:५२
Butwalpalpa

भाद्र १७, रामपुर, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो ।     
    
बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो ।    
    
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ ।    
    
राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ । पटकपटक सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook