चैत १५, काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।
राजतन्त्रका पक्षधरहरू प्रदर्शनका क्रममा अराजक भएका कारण कर्फ्यु जारी भएको हो । प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा व्यक्तिका भवनहरु, सञ्चार गृह, भाटभटेनी र सरकारी सम्पत्ति तोडफोड र आगजनी समेत गरेका थिए ।
प्रहरीले यस क्षेत्रमा माइकिङ गर्दै सबैलाई आ-आफ्नो घरमा फर्किन आग्रह गरको छ ।

