स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्तेष्टि

Byपहिलो सुचना

२०८१ फाल्गुन ८, बिहीबार ०९:५६ २०८१ फाल्गुन ८, बिहीबार ०९:५६ २०८१ फाल्गुन ८, बिहीबार ०९:५६

फागुन ८, रुपन्देही । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ।

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए।

उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । 

विसं २०६१  असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको  गत आइतबार निधन भएको हो। उनी केआइआइटी छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook