कलाकार निशा घिमिरेको मृत्यु

Byपहिलो सुचना

२०७८ भाद्र १६, बुधबार २०:४० २०७८ भाद्र १६, बुधबार २०:४० २०७८ भाद्र १६, बुधबार २०:४०

भदौ १६, काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । नर्भिक अस्पतालमा उचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । अस्पतालका अनुसार खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरूसमेत लामो समयसम्म पुरिन सकेका थिएनन् । केही समय अगाडि भारतमा सवारी दुर्घटनामा परेर उपचार गर्न नसकेपछिउनलाई नेपाल ल्याएर घरमै राखेको थियो । गत जेठमा विभिन्न अभियन्तहरुको अगुवाइमा नर्भिक अस्पतालले उनलाई निशुल्क उपचारको लागि ल्याएको थियो । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएको छ ।

उनी गत जेठ २७ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन् । उनलाई नर्भिकले उद्धार गरेर निःशुल्क उपचार थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook