बागमतीका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

Byपहिलो सुचना

२०७८ भाद्र १६, बुधबार २०:१६ २०७८ भाद्र १६, बुधबार २०:१६ २०७८ भाद्र १६, बुधबार २०:१६

भाद्र १६, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । उनले राजीनामा दिएसंगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

नेकपा एमालेका तर्फबाट मन्त्री भएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।

प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook