यस्तो रहनेछ आज दिनभरिको मौसम

Byपहिलो सुचना

२०८१ माघ १, मंगलवार १०:२७ २०८१ माघ १, मंगलवार १०:२७ २०८१ माघ १, मंगलवार १०:२७
Weather_PahilosuchanaGloomy Weather

माघ १, काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। आगामी २४ घन्टाका लागि तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook