भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो

Byपहिलो सुचना

२०८१ पुष २२, सोमबार १८:५९ २०८१ पुष २२, सोमबार १८:५९ २०८१ पुष २२, सोमबार १८:५९

पुस २२, नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्षिणी राज्यमा दुई वटा घटनाहरू पुष्टि भएका थिए ।

गुजरातमा एचएमपिभी केस पुष्टि गर्दै राज्यका स्वास्थ्य मन्त्री रुषिकेश पटेलले भन्नुभयो,“ दुई महिनाको शिशु छिमेकी राज्य राजस्थानबाट आएको हो ।” देशमा तीन वटा एचएमपिभी मामिलाहरू फेला परेको प्रतिक्रियामा राष्ट्रिय राजधानी दिल्लीमा आवश्यक स्वास्थ्य तयारी उपायहरू सुरु गरिएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook