बाजुरामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

Byपहिलो सुचना

२०८१ मंसिर २३, आईतवार १६:०३ २०८१ मंसिर २३, आईतवार १६:०३ २०८१ मंसिर २३, आईतवार १६:०३

मंसिर २३, बाजुरा । बाजुरा मार्तडीमा आइतबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा सुपप्र ०१ ००१ च ४३१६ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

 घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोगी गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। 

घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्रै लग्ने तयारी भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook