एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ

Byपहिलो सुचना

२०८१ मंसिर २३, आईतवार ०९:०७ २०८१ मंसिर २३, आईतवार ०९:०७ २०८१ मंसिर २३, आईतवार ०९:०७

मंसिर २३, काठमाडौँ । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो।

भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार ५६१ बराबरको ६२० ग्राम  सुन, १५ लाख २८ हजार ४६० बराबरको आठ किलो ९१४ ग्राम चाँदी,  विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook