रौतहट ६ को वडाध्यक्षमा कांग्रेसका आलम निर्वाचित

Byपहिलो सुचना

२०८१ मंसिर १७, सोमबार १५:०४ २०८१ मंसिर १७, सोमबार १५:०४ २०८१ मंसिर १७, सोमबार १५:०४

मङ्सिर १७, रौतहट । स्थानीय तह उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार समसे आलमले ७४४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी, उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुलाहले ४६३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी मार्क्सवादी लेनिनवादी) का उम्मेदवार मोहम्मद नसिम अख्तरले ४३१ र जनमत पार्टीका क्यामुदिन धुनियाले ४५ मत प्राप्त गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook