कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

Byपहिलो सुचना

२०८१ मंसिर ८, शनिबार १९:१३ २०८१ मंसिर ८, शनिबार १९:१३ २०८१ मंसिर ८, शनिबार १९:१३
accident full image

मंसिर ८, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका हुन्।  

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी उमेश जोशीले जानकारी दिए।  

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook