कात्तिक २१, फ्लोरिडा । अमेरिकाकी राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बुधबार फ्लोरिडामा समर्थकहरुलाई सम्बोधन गर्दै आफु ४७ औं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरे र आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए ।
यद्धपि उनको जितको घोषणा भने भैसकेको छैन ।
चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निश्चित भएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा पुगेका हुन् । त्यहाँ उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने दाबी गरे ।
उनले श्रीमती मेलानियालाई ‘फर्स्ट लेडी’ भन्दै बधाई दिए र साथै परिवारका सदस्यहरुलाई पनि धन्यवाद दिए । यसैबीच उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे ।
