ट्रम्पलाई २४७ र ह्यारिसलाई २१४ इलेक्टोरल मत प्राप्त

Byपहिलो सुचना

२०८१ कार्तिक २१, बुधबार १२:३३ २०८१ कार्तिक २१, बुधबार १२:३३ २०८१ कार्तिक २१, बुधबार १२:३३

कात्तिक २१, वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ट्रम्पले २४७ र ह्यारिसले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतका लागि दुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ ।

पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook