मेयरलाई दिए फोहोर उपहार

Byपहिलो सुचना

२०७८ भाद्र १४, सोमबार १८:०६ २०७८ भाद्र १४, सोमबार १८:०६ २०७८ भाद्र १४, सोमबार १८:०६

भदौ १४, काठमाडौं । बिगत तीन सातादेखि उपत्यकाको सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर सोमबार प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपाल नामक संगठनले सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।

जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook