सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च

Byपहिलो सुचना

२०८१ कार्तिक ११, आईतवार ११:३१ २०८१ कार्तिक ११, आईतवार ११:३१ २०८१ कार्तिक ११, आईतवार ११:३१

कात्तिक ११, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook