मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाण्डाैमा

Byपहिलो सुचना

२०७८ भाद्र १४, सोमबार १७:५४ २०७८ भाद्र १४, सोमबार १७:५४ २०७८ भाद्र १४, सोमबार १७:५४

भदौ १४, काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आज नेपाल आइपुगेकाे छ । २५ सदस्यीय भारतीय टोली पौने ४ बजे काठमाण्डौ आइपुगेकाे एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ ।

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेलमा बराबरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook