नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समजवादी) ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बिहीवार दिउँसा १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
