नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

Byपहिलो सुचना

२०८१ भाद्र २४, सोमबार २०:१७ २०८१ भाद्र २४, सोमबार २०:१७ २०८१ भाद्र २४, सोमबार २०:१७

२४ भदौ, काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३०० मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुईतर्फीबाट बाटो अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook