डीभी प्रक्रियामा नक्कली प्रमाणपत्र पेस गर्ने ४ पक्राउ

Byपहिलो सुचना

२०८१ भाद्र २३, आईतवार २१:१९ २०८१ भाद्र २३, आईतवार २१:१९ २०८१ भाद्र २३, आईतवार २१:१९

भाद्र २३, काठमाडौ । अमेरिकी ‘इलेक्ट्रोनिक डाइभर्सिटी भिसा’ (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र बनाउने चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार ललितपुरको इमाडोलका ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी घर भई ललितपुरको टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा घर भई ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपाल घिमिरे र संखुवासभाको खाँदबारी घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने ४३ वर्षीय सुवास ढकाललाई महाराजगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीले आरोपितहरूको साथबाट नक्कली प्रमाणपत्र पनि बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार नेपालस्थित अमेरिकी दूताबासमा ईडीभी प्रयोजनका लागि एसईई र दस जोड दुईका नक्कली मार्कसिट र ट्रान्स्क्रिप्ट पेस गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएपछि दूताबासले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook