सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ श्रावण ९, बुधबार १२:१८ २०८१ श्रावण ९, बुधबार १२:१८ २०८१ श्रावण ९, बुधबार १२:१८

साउन ९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटनामा परेको हो । पोखराको लागि उड्ने क्रममा उक्त जहाज रनवेबाट दुर्घटना भएको हो । सो जहाजमा चालक दल सहित १९ जना यात्रु रहेका थिए ।

जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । त्यस्तै सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook