काठमाडौं उपत्यकामा आजदेखि पोलियो विरुद्धको खोप अभियान

Byपहिलो सुचना

२०८१ श्रावण ९, बुधबार ११:०० २०८१ श्रावण ९, बुधबार ११:०० २०८१ श्रावण ९, बुधबार ११:००

साउन ९, काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई  स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन्। 

अभियान  १२ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत २ लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook