कञ्चनपुरमा सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व सङ्कलन

Byपहिलो सुचना

२०८१ असार १२, बुधबार १४:३२ २०८१ असार १२, बुधबार १४:३२ २०८१ असार १२, बुधबार १४:३२
License

असार १२, महेन्द्रनगर (कञ्चनपुर) । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । 

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप-कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook