पहिरोमा परेर लमजुङमा चार जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ असार १२, बुधबार १५:१४ २०८१ असार १२, बुधबार १५:१४ २०८१ असार १२, बुधबार १५:१४

असार १२, लमजुङ । लमजुङको पहिरोमा परी बेपत्ता भएका चारै जना मृत भेटिएका छन् ।

क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ बगुमस्थित गए राति पहिरो खस्दा चार जनाको मृत्यु भएको हो । पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook