भारतमा मतगणनाः कुन प्रदेशमा कुन दल अगाडि

Byपहिलो सुचना

२०८१ जेष्ठ २२, मंगलवार ११:२४ २०८१ जेष्ठ २२, मंगलवार ११:२४ २०८१ जेष्ठ २२, मंगलवार ११:२४

जेठ, २२ नयाँदिल्ली । भारतको लोकसभा चुनावको मतगणना जारी छ । लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ ।

गुजरातको सुरतमा भारतीय जनता पार्टी ९भाजपा०का मुकेश दलाल निर्विरोध निर्वाचित भएका छन् । त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएकाले त्यहाँको निर्वाचन आयोगले मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए ।

मंगलबार साँझसम्म सबै स्थानको अन्तिम परिणाम आइसक्ने आकलन गरिएको छ । उत्तर प्रदेशको ८० मध्ये ७८ सिटको मतगणना जारी छ। त्यहा भाजपा नेतृत्वको एनडिए गठबन्धन ४० ठाउँमा अगाडि छ । कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन ३६ ठाउँमा अग्रता लिएको छ । महाराष्ट्रका ४८ वटै लोकसभा सिटको मतगणना जारी छ। त्यहाँ २३ सिटमा कंग्रेसको इन्डिया गठबन्धन र २२ सिटमा भाजपाको एन्डिए गठबन्धन अगाडि छ ।
पश्चिम बंगालको ४२ मध्ये ४१ सिटमा मतगणना जारी छ । त्यहाँ तृणमुल कंग्रेस २६ सिटमा अगाडि छ । भाजपा नेतृत्वको एनडिए गठबन्धनले १२ र कंग्रेस २ सिटमा अगाडि छ ।

बिहामा मत गणना भइरहेको ४० मध्ये ३१ सिटमा भाजपाले अग्रता लिएको छ । २ स्थानमा राष्ट्रिय जनता दल बाँकीमा अरू दलका उम्मेदवारले अग्रता लिएको छ । तामिलनाडुमा मतगणना भइरहेको ३५ मध्ये ३३ सिटमा डिएमकेले अग्रता लिएको छ। मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ । कर्नाटकामा २८ मध्ये २९ सिटमा भाजपा अगाडि छ । कंग्रेस ८ स्थानमा अगाडि छ। गुजरातको २६ मध्ये २३ सिटमा भाजपा अगाडि छ । कंग्रेस २ सिटमा अगाडि छ । आन्ध्र प्रदेशका २५ मध्ये १५ सिटमा मतगणना भइरहेको छ। यहाँ १३ सिटमा तेलुगु डेसम पार्टी (टिडिपी)ले अग्रता लिएको छ । राजस्थानमा २५ मध्ये १३ मा भाजपा र १२ सिटमा कंग्रेसले अग्रता लिएको छ ।

ओडिशामा मत गणना भइरहेको १९ सिटमध्ये १५ मा भाजपा र ३ भारतीय जनता दलले अग्रता लिएको छ। यहाँ कंग्रेस आई एक सिटमा अगाडि छ । केरलमा २० सिटमध्ये कंग्रेस आई १४ सिट, सपिआईएम ४ सिट र भाजपा २ सिटमा अगाडि छ ।

तेलांगनामा १६ सिटमध्ये ८ मा  कंग्रेस र ७ सिटमा भाजपा अगाडि छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook