स्रोत नखुलेको एक करोडसहित एकजना पक्राउ

Byपहिलो सुचना

२०८१ जेष्ठ २०, आईतवार ११:०१ २०८१ जेष्ठ २०, आईतवार ११:०१ २०८१ जेष्ठ २०, आईतवार ११:०१

जेठ २०, इनरुवा । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गएराति स्रोत नखुलेको एक करोड एक लाखसहित एकजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हरिनगर–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ। उक्त रकम हुन्डी कारोबारको भएको आशंका गरिएको छ।

बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook