अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

Byपहिलो सुचना

२०८१ जेष्ठ १८, शुक्रबार १३:५८ २०८१ जेष्ठ १८, शुक्रबार १३:५८ २०८१ जेष्ठ १८, शुक्रबार १३:५८

जेठ १८, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ । 

समितिको आजको बैठकले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । 

राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook