सिन्धुपाल्चोकमा बस दुर्घटना : १८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

Byपहिलो सुचना

२०७८ भाद्र ९, बुधबार १४:५८ २०७८ भाद्र ९, बुधबार १४:५८ २०७८ भाद्र ९, बुधबार १४:५८

भदौ ९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका- २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ भने १८ जना घाइते भएका छन् ।

ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बुधबार बिहान ११:३० बजे सुनकोशी गाउँपालिका- ३ थापागाँउमा सडकबाट करिब २० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

उक्त बसमा २० जना यात्रु रहेकोमा १५ जना घाइतेको उपचारका लागि धुलिखेल पठायउकाे छ । तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ भने र दुई जना गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook