हुरीले उडाएको जस्ता जिउमा खस्दा १०७ वर्षीय वृद्धको मृत्यु

Byपहिलो सुचना

२०८१ जेष्ठ १८, शुक्रबार १२:०४ २०८१ जेष्ठ १८, शुक्रबार १२:०४ २०८१ जेष्ठ १८, शुक्रबार १२:०४

जेठ १८, काठमाडौं । हुरीबतास सहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ।

पर्साको विन्ध्वासिनी गाउँपालिका–२ का १०७ वर्षीय गुबेरी साहमाथि हुरीले ल्याएको छिमेकीको घरको जस्ता खसेको थियो।घरमा बसिरहेका उनीमाथि धारिलो जस्ता खसेपछि साह गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको बताए।

हुरीकै कारण पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन्।

घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्।

उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन्। सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ।

जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook