अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयलाई पंखा वितरण

Byपहिलो सुचना

२०८१ जेष्ठ १६, बुधबार ११:२२ २०८१ जेष्ठ १६, बुधबार ११:२२ २०८१ जेष्ठ १६, बुधबार ११:२२

जेठ १६, विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पंखा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिए । महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गरेका थिए ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पंखा मात्र वितरण गरिएको उनले बताए ।

शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०/८१ मा विनियोजित २० लाख रकमबाट सामुदायिक विद्यालयमा पंखा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook